Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि विभागले लियाे एक्सन

    स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि विभागले लियाे एक्सन

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडौं । हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ । उक्त मिथानाेल मानव स्वास्थ्यकालागि हानीकारक रसायन हाे। ललितपुर तथा काठमाडौंका दुई कम्पनी तथा चीन र भारतबाट आयात भएका दुई कम्पनी गरी चार कम्पनीकाे स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

    नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।



    काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।



    यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार