Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

    दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.7K
    SHARES

    बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सालकसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

    मंगलबार दिउँसो विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालीका–५ नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।



    पक्राउ परेका उनीहरुलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार