Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असोज १ गतेबाट विद्यालय खुल्ने, विद्यार्थी भर्ना गर्ने बाटाे खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खाेल्न दिन भएकाे छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय खुल्ने तर भर्ना मात्रै गर्न पाउने बताए ।

उनका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिने अबस्था नरहेकाले विद्यार्थी भर्ना मात्रै गर्नुपर्नेछ ।

शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो ।

त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भए-नभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ ।

तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् ।

त्यस्तै, कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन रोकिए पनि शैक्षिक सत्रको गणना भने गत बैशाखबाटै हुने भएको छ। आगामी चैतमै सकिने गरी सरकारले पाठ्यवस्तुु समायोजन ढाँचा स्विकृत गरेको घोषणा गरेको छ । विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समितिबाट मूल्याङ्कन योजना बनाउन सक्ने गरी ढाँचा स्विकृत गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । मंगलबार भर्चुअल प्रेस मिट गर्दै मन्त्री पोखरेलले उक्त घोषणा गरेका हुन् । मन्त्री पोखरेलले नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामग्री पनि सार्वजनिक गरेका छन् । लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नक्सा तयार भए पछि आवश्यक अध्ययनका लागि उक्त सामग्री तयार पारेको मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077