Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडाैंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ काेराेना संक्रमित

    काठमाडाैंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ६७६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्दै गएका छन् ।



    यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।



    नेपालमा मंगलबार काेराेना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार