Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    १ हजार ४५९ जनामा संक्रमण, १ हजार ६२ जना डिस्चार्ज, ११ जनाकाे मृत्यु

    १ हजार ४५९ जनामा संक्रमण, १ हजार ६२ जना डिस्चार्ज, ११ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ६२ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३७१ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार