Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेप्सेमा सामान्य सुधार

    नेप्सेमा सामान्य सुधार

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अंकले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३ दशमलव २६ बिन्दुले उकालो लागेर एक हजार ५४० दशमलव ५१ मा पुगेको छ। सेन्सेटिभ परिसूचक २ दशमलव २८ ले वृद्धि भई ३०६ दशमलव २४ मा पुगेको छ ।



    कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ रुपैयाँमा खरिद बिक्री भए ।



    बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई २० खर्ब ४८ अर्ब रुपैयाँ बराबरको भएको छ। कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार