Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धरान र चितवनमा गरी तीन जना काेराेना संक्रमितकाे मृत्यु

    धरान र चितवनमा गरी तीन जना काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । धरान र चितवनमा गरी तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

    कोरोनाको कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका २ जनाको मृत्यु भएको छ भने चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।



    माेरङका मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष धनपालथानका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको आइतबार राति ८ः४५ बजे मृत्यु भएको हो ।



    मृतकमा दीर्घ रोगको कुनै समस्या नदेखिएको जानकारी उनले दिए। उपचारका लागि प्रतिष्ठान लगिएका मृतकको स्वाब संकलन गरेर प्रतिष्ठानकै ल्याबमा परीक्षण गराउँदा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो।

    अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यही रात प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको पनि उपचारका क्रममा प्रतिष्ठानमै आइतबार दिउँसो २ बजे मृत्यु भएको छ ।

    त्यसैगरी चितवनमा मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार