‘ड्रिम गर्ल’का निर्देशकलाई कोरोना संक्रमण::Best Online News Portal of Nepal

‘ड्रिम गर्ल’का निर्देशकलाई कोरोना संक्रमण

‘ड्रिम गर्ल’का निर्देशकलाई कोरोना संक्रमण

अनलाइन नेपाल
  • आइतवार, भदौ २८, २०७७

  • 2.1K
    SHARES

  • ‘ड्रिम गर्ल’का निर्देशकलाई कोरोना संक्रमण

    काठमाडाैं । बलिउड स्टार आयुष्मान खुरानाको सुपरहिट फिल्म ड्रिम गर्लका निर्देशक राज शान्डिल्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

    हल्का खोकी र रुघा लागेपछि उनले कोरोना परीक्षण गरेका थिए। कोरोना परीक्षणमा पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

    उनी लकडाउनको समयमा झाँसीस्थित घरमै थिए। केही दिन अघि पत्नीसहित मुम्बई आएका थिए। उनले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै आफूलाई कोरोना भएको बताएका छन्। सामान्य रुघाखोकी लागिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन्।

    यसअघि थुप्रै बलिउड स्टारलाई कोरोना संक्रमण भएको थियो। बलिउड अभिनेता अमिताभ बच्चन, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्या निको भइसकेका छन्।

    त्यस्तै, पछिल्लो समय अर्जुन कपूर, मलाइका अरोडा, आफताब शिवदासानी र हिमानी शिवपुरलाई कोरोना संक्रमण भएको छ। उनीहरुको होम आइसोलेसनमा बसिरहेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार