Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एम्बुलेन्स दुरुपयोग गरे सरकारले दर्ता खारेज गरिदिने

    एम्बुलेन्स दुरुपयोग गरे सरकारले दर्ता खारेज गरिदिने

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले एम्बुलेन्सको दुरूपयाेग गरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने चेतावनी दिएकाे हाे ।



    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए ।



    कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षेत्रमा आवतजावत बन्द गरेको छ ।

    यसै बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार-पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार