Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिवि शिक्षण अस्पतालमा चारसहित ५ कोरोना संक्रमितको मृत्यु

    त्रिवि शिक्षण अस्पतालमा चारसहित ५ कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौंका अस्पतालमा उपचाररत ४ कोरोना संक्रमितको ज्यान गएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चार कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुने काठमाडौंका तीन जना ५९, ६४, ७० वर्षीय पुरुष र ५९ वर्षीय सिन्धुपाल्चोकका एक जना पुरुष रहेका अस्पतालले जनाएको छ ।



    अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका तीन जनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र एक जना कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्मको अवधिमा चार जनाको मृत्यु भएको छ ।



    कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

    यता तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

    ती महिलामा मुटुसम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौं लगिएको थियो ।

    यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको संख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार