Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • गण्डकीमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९ सय ३

    गण्डकीमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९ सय ३

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.6K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० रहेको छ ।

    कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पिसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।



    प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार