Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बाह्रबिसेमा भीषण पहिरो जाँदा कम्तिमा चार जनाको मृत्यु, १६ बेपत्ता

    बाह्रबिसेमा भीषण पहिरो जाँदा कम्तिमा चार जनाको मृत्यु, १६ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 4.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको बताए ।

    हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ । घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् ।



    यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् ।



    लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार