Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इण्डियन प्रिमियर लिग खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

    इण्डियन प्रिमियर लिग खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 5.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको यूएई प्रस्थान गरेका छन् ।

    सन्दीप लामिछाने आज यूएई प्रस्थान गरेको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।  आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।



    सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।



    सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले  ३२ लाखमा अनुबन्ध गरेको हो ।

    यस वर्षको सीपीएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार