Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इण्डियन प्रिमियर लिग खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको यूएई प्रस्थान गरेका छन् ।

सन्दीप लामिछाने आज यूएई प्रस्थान गरेको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।  आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले  ३२ लाखमा अनुबन्ध गरेको हो ।

यस वर्षको सीपीएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077