Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चिनियाँ सेनाले जासुस भन्दै कब्जामा लिएर रिहा भएका पाँच भारतीय को हुन ?

    चिनियाँ सेनाले जासुस भन्दै कब्जामा लिएर रिहा भएका पाँच भारतीय को हुन ?

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 4.7K
    SHARES

    एजेन्सी। चिनियाँ सेनाले शनिबार अरुणाचल प्रदेशबाट हराएका पाँचजना युवालाई भारतको जिम्मा लगाएको छ। चिनियाँ सेनाले औपचारिकता पूरा गरेपछि सबैलाई किबिटु क्षेत्रमा भारतीय सेनालाई हस्तान्तरण गरेको हो ।

    केन्द्रीय मन्त्री किरेन रिजिजुले ट्वीट गर्दै ती पाँच जना युवाहरू स्वस्थ रहेको र केही दिनको लागि अलग्गै रहने वताएका छन्।



    शुक्रबार केन्द्रीय मन्त्री रिजिजूले  चिनियाँ सेनाले अरुणाचल प्रदेशका युवाहरुलाई घर फर्काउने वताएका थिए । ‘चिनियाँ जनमुक्ति सेनाले अरुणाञ्चल प्रदेशका युवाहरू भारतीय सेनालाई सम्पिने निश्चित गरेको छ’, केन्द्रीय मन्त्री किरण रिजिजूले शुक्रबार ट्वीटर मार्फत् भनेका थिए, ‘उक्त कार्य सेप्टेम्बर १२ मा जुनसुकै समय भनिएको स्थानमा हुनेछ।’



    उनको अनुसार चिनियाँ सेनाले ती युवाहरुलाई पूर्व निर्धारित स्थानमा भारतीय सेनामा हस्तान्तरण गर्न आग्रह गरेको थियो। आइतवार अरुणाचल प्रदेशका पाँच युवा अपर सुवानसीरी जिल्लाको भारत- चीन सीमाबाट बेपत्ता थिए।

    चीनले अरुणाचललाई भारतको हिस्सा मान्दैन, बरु यो चीनको दक्षिणी तिब्बतको क्षेत्र  भन्ने गरेको छ ।

    अरुणाचल प्रदेशको सिमानामा अपहरित भारतीयलाई चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले ‘जासूस’ भनेको छ । यसभन्दा पहिले चिनियाँ सेनाले अरुणाचल प्रदेशमा बस्ने ५ जनालाई अपहरण गरेको आरोप लगाइएको थियो।

    ग्लोबल टाइम्सले सूत्रहरूको उद्धृत गर्दै भनेको छ कि त्यहाँ पाँच जना भारतीय गुप्तचर कर्मचारी अपहरणमा परेका थिए । अखबारले दाबी गरेको छ कि यी मानिसहरूले तिब्बत क्षेत्रमा सीमा पार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार