Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहका रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिएका हुन् ।

यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो ।

उक्त उपनिर्वाचन स्थानीय तहका धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षको लागि निर्वाचन भएको थियो ।

यस्तै सोही उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नंं २, प्रदेशतर्फ भक्तपुर निर्वाचन क्षेत्र नंं १ को क, बागलुङ क्षेत्र नंं २ को ख र दाङ क्षेत्र नंं ३ को ख मा प्रदेशसभा सदस्यका लागिसमेत निर्वाचन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077