Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारत र चीनका विदेश मन्त्रीहरूको मस्कोमा बैठक, सफल होला त वार्ता ?

    भारत र चीनका विदेश मन्त्रीहरूको मस्कोमा बैठक, सफल होला त वार्ता ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3.4K
    SHARES

    मस्को । भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गरेका छन् । शंघाई सहयोग संगठन (एससीओको विदेश मन्त्रीहरुको बैठकका क्रममा उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।

    रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।



    भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो ।



    यसैबीच, विदेश मन्त्रीहरूसँगको भेटमा चिनियाँ अखबार ग्लोबल टाइम्सले  चीन र भारतका परराष्ट्र मन्त्रीहरूको बैठकले सकारात्मक नतिजा प्राप्त गरेन वा दुवै पक्षले सम्झौता कार्यान्वयन गरेन भने शान्तिद्वारा समाधान खोज्ने सम्भावना कम हुने जनाएको छ । चिनियाँ अखबारले लेखेको छ कि सीमा र तनाव कम गर्न चीन र भारतका परराष्ट्र मन्त्रीहरु बीचको बैठक महत्वपूर्ण हुनेछ। एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार