Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेनाबारे भ्रम फैलाउने २ जना पाेखराबाट पक्राउ

    काेराेनाबारे भ्रम फैलाउने २ जना पाेखराबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले काेराेना भाइरस सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा पर्वतकाे मोदी गाउपालिका-७ घर भई हाल कास्कीकाे पोखरा महानगरपालिका-५ बस्ने २९ बर्षका ईश्वर रिमाल र चितवन भरतपुर महानगर-४ घर भई हाल कास्की पोखरा महानगर-९ नयाँबजार बस्ने २२ वर्षका निरज लम्साल रहेका छन् ।



    उनीहरूले प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट गरिएकाे आफ्नो पीसीआर परीक्षण रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पाेष्ट गरी झुट्टा अफवाह फैलाएकाे प्रहरीले जनाएकाे छ ।



    जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार