Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय 

    दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय 

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पीसीआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक २२ देखि २५ हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन् ।

    विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले भने, ‘जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको छ । साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको छ।’ सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेका बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन् ।



    मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने जनाएको छ।अहिले दैनिक औसत १० हजार जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार