Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

    नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.8K
    SHARES

    रुपन्देही । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलेजका अनुसार आइतबार राति ८:३० बजे मृत्यु भएको हो ।

    भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।



    भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । योसँगै बाँके जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार