काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ४५ र ३७ जनामा संक्रमण देखिएको हो ।
Leave a Reply