Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सीएमसीमा २७ र भरतपुर अस्पतालमा ९ गरी चितवनमा थप ३६ जनामा कोरोना पुष्टि

    सीएमसीमा २७ र भरतपुर अस्पतालमा ९ गरी चितवनमा थप ३६ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 3.8K
    SHARES

    चितवन । चितवन मेडिकल कलेज (सीएमसी) कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै  भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुबैमा जोडेर थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।



    कोरोना संक्रमित मध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेको भरतपुर अस्पतालले जनाएको छ ।



    यस्तै राप्ती नगरपालिकाका १, रत्ननगर नगरपालिकाका १ , मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक.एक जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार