Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालय भन्छ-‘एसएमएस’ काे पालना गरे काेराेना नियन्त्रण गर्न सकिन्छ

    स्वास्थ्य मन्त्रालय भन्छ-‘एसएमएस’ काे पालना गरे काेराेना नियन्त्रण गर्न सकिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । सरकारले ‘एसएमएस’ को पूर्ण पालना गरे कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिने जनाएको छ । ‘एस’ अर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

    यस्तै ‘एम’ अर्थात् मास्क, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए कोरोनाको जोखिम धेरै कम हुन्छ । त्यसैगरी ‘एस’ अर्थात् सरसफाइ, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धाेए वा साबुन पानी नभए स्यानिटाइजरमार्फत हात सफा गरे कोरोना भाइरस सङ्क्रमण हुन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।



    उनले सरकारले हरेक दिन आग्रह गर्दै आएको शब्द ‘एसएमएस’ लाई पूर्ण पालना गरे कोरोनाको सङ्क्रमणलाई रोक्न सकिने दाबी गरे । यस्तै उनले केही सञ्चारमाध्यममा मास्क र स्यानिटाइजरको प्रयाेगले कोरोना रोकथाममा काम नगर्ने जस्ता भ्रामक समाचार र अन्तर्वार्ता आएको भन्दै यसको विश्वास नगर्न आग्रह गरे ।



    उनले सत्य/तथ्य जानकारी लिन सरकारले दिएका निर्देशन र सूचना वा पैसा नलाग्ने नम्बर ११५५ मा फोन गर्न पनि आग्रह गरे । प्रवक्ता गाैतमले अहिलेको अप्ठ्याराे परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । मेला, चाडपर्व, भेला फेरि–फेरि पनि आउने तर सानो हेलचेक्रयाइँले आफन्तको ज्यानसमेत जाने हुँदा त्यसाे नगर्न उनको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार