Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाभित्र भारतीय दुतावासमार्फत वाबुरामले खेलेको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र पुनः विवाद शुरु भएको छ । पूर्व राजपा नेपालाका चार जना नेताहरूलाई अन्याय गरेपछि विवाद उत्पन्न भएको जसपाका एक नेता वताउंछन्।

ठाकुरमाथि महेन्द्र राय यादब, शरतसिंह भण्डारी, राजकिशोर यादब र अनिलकुमार झालाई धोका दिएको आरोप लाग्ने गरेको छ । ठाकुरले यी चार नेताहरूलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएका थिए ।

आफू जसपाको संयोजक बजेपछि ठाकुरले उनीहरूसँग गरेको बाचा भुलेको ती नेताले वताए। ठाकुरलाई ती चार जनालाई वरिष्ठ नेता बनाउन दवाव परिरहेको छ । ठाकुरले नै उनीहरूलाई वरिष्ठ नेता बनाउन चाहेका छैनन् ।

ठाकुरले पूर्व राजपा नेपालबाट राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाएका छन् । महतोसँग ठाकुरको आजकाल हिमचिम बढेको छ ।

ती चार जना नेताहरूलाई वरिष्ठ नेता बनाउन नदिनेमा उपेन्द्र यादब पनि रहेका छन् । डा.बाबुराम भट्टराई उनीहरूलाई वरिष्ठ नेता बनाउन राजी छन् । तर, उपेन्द्र यादब सकारात्मक नरहेपछि संयोजक ठाकुर ब्याक भएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरूलाई वरिष्ठ नेता बनाउन बाबुरामले भारतीय दुताबासमार्फत दबाब  दिएका छन्। बाबुरामलाई तत्कालिन माओवादीमा हुँदा देखी नै भारतीय दुताबाससँग नजिकको सम्बन्ध रहेको आरोप लाग्ने गरेको छ।

वरिष्ठ नेता नबनाए आफूहरू जसपाको बैठकमा सहभागी नहुने र आवश्यक प-यो भने अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरूको चेतावनीपछि महन्थ ठाकुर र उपेन्द्र यादब तनाबमा परेका छन् ।

जसपामा प्रदेश २ को सरकार परिवर्तन गर्न पनि दवाव परेको छ । प्रदेश २ को सरकार हटाउने विषयमा डा.बाबुराम भट्टराईको निवासमा गोप्य बैठक समेत बसेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने पक्षमा डा.भट्टराई छैनन् ।

अरु सबै नेताहरू राउतको विपक्षमा छन् । राउतलाई हटाएर नयाँ टिमलाई पठाउने विषयमा परामर्शहरू भएपनि ठोस निर्णय हुन सकेको छैन । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077