Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लद्दाख सीमा विवाद: झडपमा फेरि भारतीय सैनिक मारिए

    लद्दाख सीमा विवाद: झडपमा फेरि भारतीय सैनिक मारिए

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 4.5K
    SHARES

    तस्बिर:एएफपी

    लद्दाखमा सीमा विवादलाइ लिएर फेरि झडप भएकाे छ। पछिल्लोपटक आइतबार राति सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा एक भारतीय सैनिकको निधन भएको बेलायती पत्रिका द गार्डियनले समाचार लेखेकाे छ।

    उक्त पत्रिकाका अनुसार भारत र चीनका सैनिकबीच प्याङगोङ क्षेत्रमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएका हुन्।



    चिनियाँ सेनाले सहमति उल्लंघन गरेकाले आइतबार राति झडप हुन पुगेको भारतीय पक्षको आरोप छ । तर उसले के कति क्षति भयो भन्नेबारे अहिलेसम्म केही बताएको छैन भने चीन पक्षबाट त यसबारे कुनै जानकारी नै सार्वजनिक गरिएको छैन ।



    गत जुन १५ तारिखमा पनि पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा भारततर्फ २० जना मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार