Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • धरानमा दुई र चितवनमा एक गरी तीन जना कोरोना संक्रमितको मृत्यु

    धरानमा दुई र चितवनमा एक गरी तीन जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । धरानमा दुई र चितवनमा १ गरी ३ जना कोरोना भाइरस संक्रमित बिरामीको अहिले बिहान मृत्‍यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । दुबै जना अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासबाट समस्याग्रस्त थिए। त्यस्तै,उपचाररत कोरोना संक्रमित एक जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।



    हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजले जनाएको छ। दम र निमोनिया पीडित उनलाई ७ गते  मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।



    अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कलेजका निर्देशक डा. दयराम लम्सालले वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार