Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडाैंमा २७० सहित उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि

    काठमाडाैंमा २७० सहित उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं ।उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ६६ र ४१ जनामा संक्रमण देखिएको हो ।



    यससँगै नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म ३५ हजार ५ सय २९ जना संक्रमित पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार