Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालिकाको पोर्न भिडियो सेयर गर्दा मकाउमा ११ नेपाली पक्राउ, इन्टरपोलसम्म कुरा पुग्यो

    बालिकाको पोर्न भिडियो सेयर गर्दा मकाउमा ११ नेपाली पक्राउ, इन्टरपोलसम्म कुरा पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.5K
    SHARES

    मकाउ। पोर्न भिडियो सेयर गरेको आरोपमा  मकाउ प्रहरीले ११ जना नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ।

    पक्राउ परेका उनीहरुले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन्। साथीभाइलाई मोबाइलबाट ग्रुपमा भिडियो सेयर गरेको उनीहरुले प्रहरीसामु बताएका छन् ।



    पक्राउ परेका उनीहरुले ग्रुप च्याट बनाइ मनोरन्जनका लागि उक्त भिडियो शेयर गरेको थप बयान दिएका छन्।



    एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको उल्लेख गरे ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेपछि उनीहरु पक्राउ परेका हुन ।

    उक्त भिडियो नेपालीकै रहेको र १३ बर्शिय एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ । जुन कार्य मकाउमा गम्भिर अपराध मानिन्छ।

    पक्राउ परेका ११ जना नेपाली सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार