Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा २३ मन्त्री र विधायकमा कोरोना संक्रमण , मृतकको संख्या ६० हजार नाघ्यो

    भारतमा २३ मन्त्री र विधायकमा कोरोना संक्रमण , मृतकको संख्या ६० हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भारतमा  कोरोना भाइरस(कोभिड-19) बाट संक्रमित हुनेको संख्या ३२ लाख नाघिसकेको छ। बुधवारसम्म कोरोनाबाट निको हुनेको संख्या पनि २५ लाख पुगिसकेको छ। कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म मृत्‍यु हुनेको संख्या ६० हजार नाघिसकेको छ।

    यसैबीच, पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले  पंजाब विधानसभा सत्र सुरु हुनुभन्दा दुई दिन अघि राज्यका २३ मन्त्री र विधायकहरू कोरोनाद्वारा संक्रमित भएको वताएका थिए।



    विधानसभा अध्यक्ष राणा केपी सिंहले कोरोना टेस्ट पारित गर्न सबै सदस्य, अधिकारी र कर्मचारीहरुलाई विधानसभा सत्रमा उपस्थित हुन निर्देशन दिएका थिए।  त्यसपछि विधानसभामा सहभागि हुने सबैको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा  मन्त्री र विधायकहरुमा कोरोना संक्रमण पुष्टि  भएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार