Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री पोखरेलद्वारा सम्धी नियुक्तिको बिरोध गर्नेहरुलाई ‘दुष्ट’को संज्ञा

    मन्त्री पोखरेलद्वारा सम्धी नियुक्तिको बिरोध गर्नेहरुलाई ‘दुष्ट’को संज्ञा

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त भएका आफ्ना सम्धीको बचाउ गरेका छन् ।

    सम्धी डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउने योजनाअनुसार सञ्चालक नियुक्ति भएको विषयको सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएपछि बुधबार विज्ञप्ति निकाल्दै उनले आलोचकहरुलाई दुष्ट भनेका हुन  ।



    आफ्नो विरोध गर्नेहरुलाई शाही शासनको दुष्ट मतियारको संज्ञा दिएका छन् ।सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्ती गरेको विषयमा विरोध भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    ‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् । म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु,’ पोखरेलले आफ्नो विज्ञप्तीमा भनेका छन् ।

    मन्त्री पोखरेलको विज्ञप्ति 

    सबै महानुभावहरूमा अनुरोध !
    केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।

    भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु ।

    मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका तथा गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुःखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।

    विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो ।

    अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आमजनतालाई विश्वास दिलाउन चाहन्छु । तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन । किमार्थ टुट्न दिने छैन !!

    ईश्वर पोखरेल

    १० भदौ २०७७

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार