Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारको निर्देशन अटेर गर्दा ४ सय मलामीको भागाभाग

    सरकारको निर्देशन अटेर गर्दा ४ सय मलामीको भागाभाग

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारको निर्देशन अटेर गर्दा रूपन्देहीको रोहिणी गाउँपालिकामा ४ सय मलामीको भागाभाग भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पनि महामारीको रुप लिएपछि मलामी जाँदा सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेको छ।



    तर, रोहिणीमा कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल भएका हुन् । रूपन्देहीको रोहिणी–३, धकधई निवासी नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको दाहसंस्कारमा ठूलै भीड जम्मा भएको हो ।



    मधुमेह र उच्च रक्तचापको समस्या भई केही दिनदेखि बिरामी परेका उनलाई शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहामा मृत्यु भएको थियो ।

    मृत्युपछि उनको स्वाव परीक्षण गर्न बुटवलको निजी प्रयोगशालामा पठाइएको थियो। तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै परिवार र आफन्तहरूले शवको अन्तिम संस्कार गर्न घाटसम्म पुर्याए ।

    परिवार, आफन्तसहित झन्डै ४ सय जति मलामी जम्मा भएको उक्त अन्तिम संस्कारका क्रममा शव जलाउनै लाग्दा कोरोना पोजेटिभ भएको खबर पुग्दा मलामीहरुको भागाभाग भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार