Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीकाे मनपरीलाई बल्ल राेक्याे प्रशासनले, विहान ९ बजेसम्म पसल खाेल्न पाइने

काठमाडाैं । काठमाडाैं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ।

उपत्यकाभित्रका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

अधिकारी दाहालका अनुसार औषधी पसलको हकमा भने कुनै रोकतोक छैन गरिएमाे छैन । बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रसाशनले उपत्यकामा सञ्चालन हुने किराना (खाद्यन्न), तरकारी र मासुका थोक तथा खुद्रा पसलहरुका लागि निषेधाज्ञाले असर नगर्ने जनाएपनि प्रहरीले बिहान ७ बजे नै बन्द गराउने गरेको थियो।

साना खाद्यान्न पसलहरुमा कसरी कारोबार भइरहेको छ, सामाजिक दूरी कामय भएको छ/छैन, भिडभाड छ/छैन, व्यपारी तथा उपभोक्ताले मास्को प्रयोग गरेका छन् वा छैनन् भन्ने बारेमा जानकारी लिनु पर्नेमा प्रहरीले दिनभर पसल बन्द गराउन निर्देशन दिएर एकातिर निश्चित समयमा भिड जम्मा गर्ने काम गरेको थियो भने अर्कोतिर आफूलाई सहज हुने काम गर्दै आएको थियो ।

जसको बारेमा प्रशासन कार्यालयमा गुनासो पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077