Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

काठमाडाैँ। निजगढ नगरपालिका—१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् ।

विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी चौकी भरतगंज सिंगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको नेतृत्वमा खटिएको प्रहरीले शुक्रबार राति दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उनीहरुको साथबाट दुई थान लोड भएको भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ थान छर्रा, सात थान फलामको टुक्रा र बारुद बरामद गरेको प्रहरी निरीक्षक थपलियाले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077