Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मृत्युपछि कोरोना पुष्टि, रिपोर्ट नआउँदै दाहसंस्कार गर्दा सिंगो गाउँ नै त्रासमा

    मृत्युपछि कोरोना पुष्टि, रिपोर्ट नआउँदै दाहसंस्कार गर्दा सिंगो गाउँ नै त्रासमा

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3K
    SHARES

    सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिंगो गाउँमै संत्रास छाएको छ ।

    मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।



    रुघाखोकी र ज्वरोबाट शिकिस्त उनी गाउँमा हिँडडुल गर्दागर्दै बुधबार  बेहोस भएर ढलेका थिए ।



    उनी लामो समयदेखि दीर्घ रोगी समेत रहेकोखुलेको छ । कोरोना आशंकामा ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।  तर,उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले दाहसंस्कार गरेका थिए ।

    दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै आतंक छाएको छ । दाहसंस्कार गर्ने ठाउँमा १५० जना भन्दा बढि मानिस सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार