Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बुटवलमा कोरोनाका कारण ६४ वर्षीय पुरुषको मृत्यु

    बुटवलमा कोरोनाका कारण ६४ वर्षीय पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.8K
    SHARES

    रूपन्देही ।  कोरोना भाइरसबाट संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत  प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

    अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार प्रेसरको औषधि सेवन गरिरहेका उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो । ।’



    साउन अन्तिम साता भारतबाट आएका ती व्यक्तिको  क्वारेन्टाइनमा बस्दा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो । अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार