Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मदिरा पसल बन्द गराउँदा मोरङमा तनाव

विराटनगर । प्रहरीले लकडाउनमा मदिरा पसल बन्द गराउन खोज्दा मोरङमा तनाव भएकाे छ। कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तनावग्रस्त बनेको हाे ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको थियो ।

प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो ।

लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077