Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जंगली च्याउ खाँदा २ जनाकाे मृत्यु, ३ जना बिरामी

प्यूठान । प्यूठानमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । ३ जना बिरामी परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ नौबहिनी ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १३ वर्षीय सुगम घर्ती र १५ वर्षका सुरेश घर्ती रहेका छन् । एकै परिवारका दाजुभाइ उनीहरुको घरमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले बताए ।

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका मृतकका बुवा ३३ वर्षीया विष्णु घर्ती, आमा ३० वर्षीया लिला घर्ती र दाइ १७ वर्षीया शशी घर्ती बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077