काठमाडाैं । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ । मंगलबार ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ। पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply