Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न देउवाको आग्रह

    जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न देउवाको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक पहिरोको उच्च जोखिमका रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरेका छन् ।

    सभापति देउवाले भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न विलम्ब नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरेका हुन् ।



    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरोमा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका हुन् ।



    देउवाले विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

    आइतबार बिहानको पहिराेमा अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् भने १७ जना अझै वेपत्ता छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार