Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

परराष्ट्रका तीन सहसचिव राजदूतमा नियुक्त

काठमाडौं । सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गर्ने निर्णय गरिएकाे हाे ।

परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई नियक्त गरिएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। भण्डारीलाई बेल्जियम, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीको राजदूतमा नियुक्त गरिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077