Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोवामा बलिउड कलाकार ‘ड्रग्स’ सहित पक्राउ

    गोवामा बलिउड कलाकार ‘ड्रग्स’ सहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 3.9K
    SHARES

    एजेन्सी । गोवामा बलिउड कलाकार ‘ड्रग्स’ सहित पक्राउ परेका छन्। गोवा पुलिसले बलिउड अभिनेता कपिल झावेरीलाई पक्राउ गरेकाे हाे। उनीमाथि ‘रेव पार्टी’ गरेको आरोप लागेकाे छ।

    रेव पार्टी २३ जना सहभागी थिए। उनीहरूबाट ९ लाख रुपैयाँ बराबरको ड्रग्स प्रहरीले पक्राउ गरेको छ। जसमा कोकिन, एमडीएमए, एक्सटेसीको चक्की तथा चरेश भएको प्रहरीले बताएको छ।



    प्रहरीका लागि यो पहिलो अवसर थिएन, कुनै बलिउड अभिनेतालाई ड्रग्ससहित पक्राउ गरेको छ। सन् २०११ मा पनि विनोद खन्नाका छोरा साक्षी खन्ना मुम्बईमा पक्राउ परेका थिए। उनी सहायक निर्देशकको काम गरिरहेका थिए।



    कपिलले ‘दिल परदेशी हो गया’ र ‘इश्क–विश्क’ जस्तो फिल्ममा काम गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार