Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राखेपका ६ सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । खेलकुदमन्त्री एवम् राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा नयाँ सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनीत गरेको थियो। मन्त्री विश्वकर्माले अन्य सदस्यहरुको नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाइने बताए।

राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ अनुसार परिषद्मा सरकारबाट ९ जना सदस्य मनोनीत हुनेछन्। परिषदमा ३७ जना सदस्यीय छ। नयाँ ऐन बनेपछि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको तीन सदस्यीय समितको सिफारिसमा साउन १२ गते रमेशकुमार सिलवाल सदस्यसचिवमा नियुक्ति भएका थिए। उनीसँगै शिव कोइराना राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए।

शपथ ग्रहण समारोहमा राखेपका उपाध्यक्ष कोइराला, सदस्य–सचिव सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077