Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मरेका कुखुराको मासु बेच्ने गोछे पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका ३१ स्थित बिएण्डबी मीट मार्टका सञ्चालक पक्राउ परेका छन् । काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077