Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्र बैंकका गभर्नर अधिकारी शुक्रबारदेखि आइसोलेशनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेशनमा बसेका छन् । उनीसँग सम्पर्कमा आएका एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेशनमा बसेका हुन् । उनी शुक्रबारबाट आइसोलेसनमा बसेका हुन्। गभर्नर अधिकारी घरमै आइसोलेशनमा बसेर काम गरिरहेका छन्।

संक्रमितसँग सम्पर्कमा आउनुअघि पनि राष्ट्र बैंकका गभर्नरसहित अधिकांश कर्मचारीहरुको कोरोना संक्रमण परीक्षण भइसकेको थियो।

संक्रमितसँग सम्पर्कमा आएपछि स्वेच्छिक रूपमा आफू आइसोलेशनमा बसेर घरबाटै काम गरिरहेको गभर्नर अधिकारीले बताए। उनले राष्ट्र बैंकको आफ्नै नियम र कोभिड मापदण्ड अनुसार आइसोलेशनमा बसेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077