Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बारामा १३ राउण्ड हवाइ फायर

    बारामा १३ राउण्ड हवाइ फायर

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.7K
    SHARES

    बारा। कुलोमा माछा मारेको र डुबानको विषयमा भएको दुई पक्षबीचकाे झडपलाई साम्य पार्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

    बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको जानकारी दिए ।



    ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएकाे बारा प्रहरीले जनाएकाे छ ।



    झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार