Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनले बनाएकाे कोरोना भाइरस भ्याक्सिनको पेटेन्टले पायाे स्वीकृति

    चीनले बनाएकाे कोरोना भाइरस भ्याक्सिनको पेटेन्टले पायाे स्वीकृति

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। चीनले बनाएकाे कोरोना भाइरस भ्याक्सिनको पेटेन्टले स्वीकृति पाएकाे छ। क्यानसिनो बायोलोजिक्स कम्पनीले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको पेटेन्टलाई स्वीकृति दिएपछि चीन पेटेन्ट पाउनेमा पहिलाे देश बनेकाे छ।

    क्यान्सिनो बालोलोजिक्स इन्कर्पोरेट कोरोनाभाइरस भ्याक्सिनको पेटेन्ट हासिल गर्ने पहिलो कम्पनी बनेसँगै चीनमा खुसयाली मनाइएकाे समाचार जनाइएकाे छ।रोयटर्सले स्थानीय मिडियाकाे समाचारलाइ अाधार बनाइ लेखेकाे छ,’क्यान्सिनोको एडी ५ एनसीओभी भ्याक्सिनको पेटेन्टले स्वीकृति पाएको हो।’



    पिपुल्स डेलीका अनुसार चीनको नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसनले ११ अगष्टमै क्यान्सिनो बायोलोजिक्सको भ्याक्सिनको पेटेन्टलाई स्वीकृति दिएको हो । यसअघि साउदी अरबले क्यान्सिनोको भ्याक्सिनको फेज ३ ट्रायल आफ्नो देशमा सुरु गर्न लागेको बताएको थियो । क्यान्सिनोले रुस, ब्राजिल, चिलीमा पनि फेज ३ ट्रायलको लागि कुरा गरिरहेको छ ।



    पेटेन्ट दर्ता भएको खबर सार्वजनिक भएसँगै हङकङमा क्यान्सिनोको शेयर मूल्य सोमबार १४ प्रतिशतले बढेको छ । शांघाइमा कम्पनीको शेयर मूल्यमा ६.६ प्रतिशत उछाल देखिएको छ । क्यान्सिनोको यो भ्याक्सिन रुघाखोकीको भाइरसमा परिवर्तन गरेर तयार गरिएको हो । यही विधिबाट अक्सफोर्डको भ्याक्सिन पनि तयार गरिएको हो । सुरुवाती ट्रायलमा यसका कुनै साइड इफेक्ट देखिएका थिएनन् र भ्याक्सिन एन्टिबडी र टी सेल उत्पादन गर्न सक्षम देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार