Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा कोरोना कहर : ९८ जना आइसीयुमा, ४ जना भेन्टिलेटरमा उपचार हुँदै

    नेपालमा कोरोना कहर : ९८ जना आइसीयुमा, ४ जना भेन्टिलेटरमा उपचार हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालका कोरोना संक्रमितमध्ये ९८ जनाको आइसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत ९८ जना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी दिएका हुन् ।

    डा गौतमका अनुसार कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका व्यक्तिहरुको उपचारका लागि देशभर ९४२ वटा आइसीयु रहेका छन् । यस्तै ४९६ वटा भेन्टिलेटरहरु तयारी अवस्थामा छन् ।



    डा. गौतमका अनुसार नेपालमा शुक्रबार मात्र ५९४ जनामा कोरोनाका नयाँ संक्रमति थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । हालसम्म १७ हजार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभरका आइसालेसनमा ७ हजार ९१३ जना कोरोना संक्रमित उपचारत छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार