Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अनुदानमा मल लिएर बढी मुल्यमा बेच्ने २ जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय बाराले अनुदानको मल बढी मुल्यमा बेच्ने दुई जनालाई पक्राउ गरेको छ । अनुदानको मल बढी मुल्यमा बिक्री गर्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल स्थित कुशवाहा बिज भण्डारका संचालक कलैया १७ बस्ने ३४ बर्षिय मुरारी साह तेली र श्री आसकामिनि माई कृषि सहकारी संस्था कलैयाका कर्मचारी कलैया १ मा बस्ने धनन्जय प्रसाद साहलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरु दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि तोकिएको मुल्य भन्दा बढी मुल्यमा मल बिक्री गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077