Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा बढुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति थापाले आज जंगी अड्डामा एक कार्यक्रमकाबीच उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा भएसँगै उपरथी पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मा दिइएको नेपाली सेनाले जनाएको छ । यसभन्दा अगाडी उपरथी पाण्डे नेपाली सेनाका प्रवक्ता रुपमा सैनिक जनसम्पर्क निर्देशनालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077