Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुशांतलाई समर्थन गर्दै जियाकी आमाले भनिन, ‘मेरी छोरीलाई पनि त्यस्तै गरी मारियो’

    सुशांतलाई समर्थन गर्दै जियाकी आमाले भनिन, ‘मेरी छोरीलाई पनि त्यस्तै गरी मारियो’

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीको अनुसन्धानबाट असन्तुष्ट परिवारका सदस्यहरूले सीबीआई अनुसन्धानको माग गरेपछि जिया खानकी आमाले पनि त्यसलाई समर्थन गरेकी छन्।

    बलिउड अभिनेत्री जिया खानकी आमा रबिया खानले पनि सीबीआई जाँचलाई समर्थन गरेकी  हुन ।



    उनी भन्छिन्, ‘जसरी मेरी छोरीको मृत्युलाई आत्महत्याको रुपमा दिइएको थियो, सुशान्तको सन्दर्भमा पनि त्यस्तै भएको छ।  जियाकी आमा भन्छिन्, ‘जसरी सुशांत सिंह राजपूतको मृत्युलाई आत्महत्या भनिन्छ, मेरी छोरीलाई पनि त्यस्तै गरी मारियो। राबिया खानले सीबीआईले उक्त मुद्दाको पूर्ण छानबिन गर्न माग गरेकी छन् । उनले पुलिसमा राजनीतिक दबाबका कारण सत्य बाहिर नआउने पनि वताइन ।



    सोशल मिडियामा शेयर गरिएको पोस्टमा, जिआकी आमालेख्छिन्- ‘जिया खानजस्तै सुशांत सिंह पनि मारिए र मैले यसभन्दा बढी कुनै बाध्यता, असहाय र दुःखी महसुस गरिन ।

    सात वर्ष अघि  जीया खानको फ्ल्याटमा एउटा फ्यानले झुण्डिएर मृत्यु भएको थियो । उक्त समयमा जियाको प्रेमी अभिनेता सूरज पंचोलीको नाम सामने आयो। जीआकी आमाले  आफ्नी छोरीले आत्महत्या होइन, सुरज पंचोलीले  हत्या गरेको आरोप लगाएकी थिइन। यद्यपि सीबीआईले जिया खानको मृत्युको छानबिन गरिसकेको छ र यो अनुसन्धान अझै चलिरहेको छ, जसका लागि सूरज पंचोली धेरै पटक सुनुवाईमा आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार